मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १५ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार १५:o९:oo

सर्वोच्च अदालतमा आज पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ६ इजलासमा ६ मुद्दाको सुनुवाइ तोकेका थिए। सर्वोच्चका अनुसार ६ मुद्दामध्ये चार मुद्दाको फैसला र दुई मुद्दामा आदेश जारी भएको छ। आज सुनुवाइ भएका मुद्दामा एक मुद्दालाई तामेलीमा राख्ने, तीन रिट खारेज र दुई मुद्दामा कारण देखाऊ आदेश जारी भएको सर्वोच्चले जनाएको छ। 

आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका थिए। पेसी तोकिएका मुद्दामा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका थिए। इजलास बहिष्कार गर्दै आएका प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरूले सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने निर्णय गरेपछि सबै मुद्दामा सुनुवाइ भएको हो। प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास नराखी १० मात्र न्यायाधीशका लागि इजलास तोकेका थिए।