१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त भएको छ। जापानमा आइतबार सम्पन्न भएको आमनिर्वाचनमा प्रधानमन्त्री फुमियो किसिदाको सत्तारुढ गठबन्धनले संसद्को तल्लो सदनमा बहुमत हासिल गरेको हो।

सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किसिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ। सार्वजनिक नतिजाअनुसार गठबन्धनले दुई सय ६१ स्थानमा जित हासिल गरेको छ। संसद्को तल्लो सदनमा चार सय ६५ स्थान रहेका छन्। प्रधानमन्त्री किसिदाको राजनीतिक पार्टी एलडिपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

सरकारले कोभिड– १९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताहरूका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो। 

एलडिपीले यसअघि प्रतिनिधिसभामा रहेको दुई सय ७६ सिटमा केही सिट भने गुमाएको छ। जापानी प्रधानमन्त्री फुमियो किसिदाले तल्लो सदनमा एलडिपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका थिए। रासस