Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १४ आइतबार ०७:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सोलुखुम्बुमा नेपाल टेलिकमको अप्टिकल फाइबर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १४ आइतबार ०७:११:००

देशका दुर्गम स्थानमध्ये एक मानिने सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमले अप्टिकल फाइबर लिंक स्थापना गरेको छ । कम्पनीले ग्राहकलाई दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सुविधा प्रदान गर्नका लागि यो सेवा सञ्चालनमा ल्याएको हो । 

नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको जनाएको छ । समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेसनलाई १० जिबिपिएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।  

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा लामो समयदेखि सेवाग्राहीको आवश्यकता र चाहना भए तापनि उच्च गति तथा गुणस्तरको सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्याशित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने कम्पनीको भनाइ छ । 

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लुलगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर अभिवृद्धि हुने कम्पनीको दाबी छ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरूको मोबाइल ट्राफिक आदान–प्रदान गर्न सहज हुने जनाइएको छ ।