मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
एजेन्सी वासिङ्टन
Invalid date format १४:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोभिड–१९ को खोप बालबालिकाका लागि सुरक्षित छ ?

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
Invalid date format १४:१८:oo

लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोप उत्पादन भइरहेका छन्। तर, ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ । 

यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौँ बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिताबारे थप अनुसन्धान गरिरहेका छन् ।

तीमध्ये पाँचदेखि ११ वर्षका बालबालिका र वयस्कहरूलाई दिइने खुराकको एकतिहाइ मात्रा दिइने गरेको छ। खाद्य र औषधि प्रशासनले शुक्रबार बालबालिकालाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ ।

यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका वेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा म्याथ्यु ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असर देखिन सक्ने बताए । यस्ता असरलाई कोरोना भाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिने उनले औँल्याएका छन्।

केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निनेलगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन्।  तर, खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफैँ निको हुने पनि विज्ञले बताएका छन् ।