१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्चभित्र एक्लिए जबरा : न्यायालय सुधारको पक्षमा सबै १९ न्यायाधीश एकै ठाउँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३४:oo

न्यायालय सुधारको संघर्षमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक सर्वोच्चका सबै १९ न्यायाधीश एक ठाउँ उभिएका छन् । १५ न्यायाधीशले यसअघि नै जबरालाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए । बिदामा रहेका चार न्यायाधीशले पनि न्यायालय सुधारको आन्दोलनमा सँगै रहेको भन्दै संघर्षरत न्यायाधीशहरूलाई सन्देश पठाएका छन् । 

बिदामा रहेका ईश्वरकुमार खतिवडा, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजकुमार केसीले सहकर्मीहरूसँग विभिन्न माध्यमबाट सम्पर्क गरेर संघर्षमा ऐक्यबद्धता जनाएका हुन् । एक न्यायाधीशका अनुसार खप्तड भ्रमणमा गएका सिन्हा र मल्ल बिदा सकेर आइतबार सर्वोच्चमा हाजिर हुँदै छन् । ‘आइतबारको हाम्रो छलफलमा उहाँहरू (सिन्हा र मल्ल)समेत उपस्थित हुनुहुन्छ,’ ती न्यायाधीशले भने । 

उनका अनुसार विदेशमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पनि न्यायालय सुधारको पक्षमा आफ्नो साथ रहेको भन्दै एक सहकर्मीलाई इमेल पठाएका छन् । ‘हाम्रो बैठकमा सहकर्मी श्रीमान्ले उहाँ (खतिवडा)को इमेल नै वाचन गरेर सुनाउनुभयो,’ उनले भने ।  त्यस्तै, बिदामै रहेका न्यायाधीश तेजकुमार केसीले पनि न्यायाधीश बमकुमार श्रेष्ठलाई सन्देश पठाएर आफू सहकर्मीहरूकै पक्षमा रहेको बताएका छन् । 

वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै इजलास ‘बहिष्कार’ गर्दै आएका छन् ।