१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १२ शुक्रबार
  • Friday, 09 May, 2025
२o७८ कार्तिक १२ शुक्रबार २o:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बम ब्लास्ट गरेर कालिगण्डकी करिडोर सुचारु गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १२ शुक्रबार २o:o९:oo

नेपाली सेनाले बम बिस्फोट गरेर रिडी रुद्रवेणी सडकखण्ड सञ्चालन गर्न थालेको छ। कालिगण्डकी करिडोरस्थित रुरुक्षेत्र गाउँपालिका २ को साँघुरेमा पहिरो गएपछि गत कात्तिक ३ गतेबाट सडक अवरूद्व थियो। पहिरो ठूलो र बीचमा ठूला ढुंगाहरू अड्किएर बसेका कारण नौ दिनदेखि यातायातका साधन आवतजावत बन्द रहेको थियो।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार शुक्रबार दिउँसोबाट सेनाले बम बलास्ट गरेर ढुंगाहरू फुटाउने काम गरिरहेको छ। पहिरोको बीचमा अड्किएका ढुंगाहरूले जोखिम बढी भएकाले सबै फुटाएपछि पहिरो हटाएर सडक सञ्चालन गरिने पौडेलले बताए। उनले कालिगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मका उपसेनानी हिक्मतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले पहिरो पन्छाउने काम गरिरहेको जानकारी दिए।

नेपाली सेनाले बममार्फत ढुंगा नफोरेसम्म अरू कुनै उपाय नभएकाले सेनाका प्रक्रियाका कारण केही समय ढिला भएको पौडेलले बताए। उनले सडक सुचारु गर्न सहयोग गर्ने नेपाली सेना, जनप्रतिनिधि सबैलाई धन्यवाद दिए। त्यो सडकबाट गुल्मीसहित बाग्लुङका दैनिक एक डेढ सय बढी सवारीसाधन आवतजावत गर्छन्। पहिरोले सडक अवरुद्ध भएपछि बाग्लुङ बुर्तिबाङसम्मका ठूला गाडीहरू तम्घास भएर गन्तव्यमा पुग्ने गरेका थिए। साना गाडी र नागरिकले वैकल्पिक सडकको प्रयोग गर्नुपरेकाले सास्ती खेप्नुपरेको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए ।