१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटीमा ओली र रावलको सवाल-जवाफ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:३६:oo

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच सवाल-जवाफ भएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा रावलले १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका थिए। माथिदेखि तलसम्म १०बुँदे कार्यान्वयन नभएको भन्दै उनले प्रश्न गरेपछि अध्यक्ष ओलीले रावललाई कार्यदलको संयोजकले राजीनामा दिएपछि त्यसको उपादेयता सकिएको बताएका थिए। 

‘काम गर्न सक्दिनँ भनेर राजीनामा दिएपछि त्यसको औचित्य सकिएको छ। तपाईंले सक्नुभएन त म के गरौँ?,’ ओलीले रावललाई जवाफ दिएका थिए। ओलीलाई काउन्टर दिँदै रावलले आफूले नसकेर कार्यदलको संयोजकबाट राजीनामा नदिएको बताएका थिए।‘मैले नसकेर राजीनामा दिएको होइन। १०बुँदे कार्यान्वयन नभएर राजीनामा दिएको हुँ,’ रावलले बैठकमा भने। 

वडा अधिवेशन, नगर अधिवेशन भएर महाधिवेशनको समय नजिकिँदै गर्दा १०बुँदे आफ्नो मात्रै जिम्मा भएको जसरी लागिरहनु औचित्यहीन भएको ओलीले बैठकमा बताए। कमिटीमा देखिएका विवाद कमिटीमा हल हुने भन्दै ओलीले भने, ‘वडा अधिवेशनले नेतृत्व चयन गरिसक्यो। महाधिवेशनको समय आइसक्यो। अझै कति १०बुँदे भनिरहने? यो तपाईंको मात्र जिम्मा हो? जुन कमिटीमा विवाद देखिन्छ, त्यही कमिटीले समस्या हल गर्छ,’ ओलीको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने। ओलीले बाँकी रहेका वडा र पालिका अधिवेशन छिटो सक्नसमेत बैठकमा निर्देशन दिएका छन्।

रावलले केन्द्रीय कमिटीमा दुईजना थपेकोमा आपत्ति जनाएका छन्। एमालेमा कुन्दन कुशवाह र मोहम्मद समीर दुईजना केन्द्रीय सदस्य किन थपिएको भन्दै उनले प्रश्न उठाका थिए। दुई केन्द्रीय सदस्यले शुक्रबारको बैठकमा शपथ लिएका थिए। थपिएका दुई केन्द्रीय सदस्य प्रभु साहनिकट हुन्। पूर्वमाओवादी नेता साह नेकपालाई सर्वोच्चको आदेशले दुई पार्टी बनाइदिएपछि एमालेमै रहेका थिए। पछिल्लो समय असन्तुष्ट रहँदै आएका उनी शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए। 

महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधि सहभागी हुने
नेकपा (एमाले) ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या तय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले १ हजार ९९९ महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको केन्द्रीय सदस्य खगराज अधिकारीले जानकारी दिए। बैठकमा प्रतिनिधिको संख्या बढाउन केन्द्रीय सदस्यले माग गरेका थिए। यसअघि स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने निर्णय गरेको थियो। बैठकमा छुट भएको भन्दै संगठन विभाग प्रमुख विष्णु पौडेलले १५ सय ५२ जना महाधिवेशन प्रतिनिधिको प्रस्ताव पेस गरेका थिए।

यस्तै, बैठकमा १०औँ महाधिवेशनमा प्रयोग गर्ने भनेको विद्युतीय मतदान मेसिनको समेत परीक्षण गरिएको छ। डेमो गर्दै महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने बैठकले निर्णय गरेको छ। एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ।
 

ad
ad