१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका हेटाैंडा
Invalid date format १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीमफेदी-कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ। हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारीसाधन अवरुद्ध हुने जानकारी गराएको हो।

निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव भण्डारीका अनुसार भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढीबीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अस्फाल्ट कंक्रिट पेभमेन्ट कार्य हुने भएकाले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्र्याक्टर आदि) का सवारीसाधनमा रोक लगाउने भनिएको छ।  

साथै, निर्देशनालयले जारी गरिएको सूचनामा सम्पूर्ण सवारीसाधनहरूको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी निर्माणमा सहयोग पुर्याइदिन सबैलाई आग्रहसमेत गरेको छ।