१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १० बुधबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १० बुधबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १० बुधबार १२:oo:oo

नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ रहनेछ जसको मूल्य मंगलबार प्रतितोला ९२ हजार एक सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै महासंघका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ। चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो।