१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रासस टोकियो
Invalid date format १३:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विवादबीच जापानकी राजकुमारीले गरिन् सर्वसाधारण युवकसँग विवाह

Read Time : < 1 मिनेट
रासस टोकियो
नयाँ पत्रिका टोकियो
Invalid date format १३:५३:oo

जापानकी राजकुमारी माकोले एक सर्वसाधारण युवकसँग विवाह गरेकी छिन्। विवादबीच उनी मंगलबार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिएकी छिन्। 

जापानको शाही परिवारसम्बन्धी नियमअनुसार उनले सर्वसाधारणसँग बिहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ। विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारीको प्रेमसम्बन्ध मंगलबारदेखि वैवाहिक सम्बन्धमा रूपान्तरण भएको छ। उनीहरूको मगनी गत सन् २०१७ मा भएपनि विवाहको मिति भने तय भएको थिएन।

जापानका राजा नारुहितोकी ३० वर्षीया भतिजी माकोले उही उमेरका केई कोमुरोसँग विवाह गरेकी हुन्। उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन्। विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने बताइएको छ। उनीहरूको विवाहमा राजपरिवारका सदस्यको विवाहका वेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छिन्।

यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ। राजपरिवारकी सदस्यले सर्वसाधारणसँग विवाह गर्न लागेको भन्दै उनीहरूको विवाहबारे टीकाटिप्पणी हुँदै आएको थियो। विरोधबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरि चर्चाको विषय भएको छ।