१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:३o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभामा विश्वासको मतका लागि तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३o:oo

बागमती प्रदेश सभाको बुधबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदै छिन्। उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

गत कात्तिक ४ गतेको  बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकीले दलगत रूपमा प्रदेश सभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। प्रदेश सभामा हाल सत्तारुढ नेकपा (एमाले)का ४४, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का २३ र नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का दुई,  राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा)का एक गरी एक सय नाै सदस्य छन्। रासस