१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश असफल हुनुभयो, अब निकास दिनुपर्छ : नेपाल बार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४६:oo

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश न्यायिक नेतृत्वमा असफल भएको निष्कर्ष निकालेको । सोमबार बसेको बारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने,  ‘उहाँले सम्हाल्न सक्नुभएन, अब उहाँले निकास दिनुपर्छ भन्ने निष्कर्ष हाम्रो आयो।’

श्रेष्ठले औपचारिक निर्णय भने मंगलबार बस्ने सल्लाहकार समितिको बैठकपछि लिइने जानकारी दिए। ‘न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले सम्हाल्न सक्नु हुन्न। उहाँले अब निकास दिनुपर्छ’, उनले भने।  प्रधानन्यायाधीश न्यायपालिका भित्रै असफल भएको बारको ठहर छ। न्यायापालिकालाई बन्दी राख्न नहुने निष्कर्षमा बार पुगेको उनले बताए।   

ad
ad