१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीशहरू छलफलमा, सुरु हुन सकेन इजलास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५१:oo

सर्वोच्च अदालतका न्यायाधीशहरू बैठकमा बसेपछि इजलास सुरु हुन सकेको छैन। सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ६ संयुक्त इजलास र एक एकल गरी सातवटा इजलासमा पेसी तोके पनि इजलास सुरु हुन सकेको छैन। 

अहिले १४ जना न्यायाधीश इजलासमा नबसी इजलास सुरु हुने समयमा बैठकमा बसिरहेका छन्। न्यायाधीशहरू नै बैठकमा बसेपछि इजलास सुरु हुन नसकेको सर्वोच्च स्रोतले जानकारी दिएको छ। प्रधानन्यायाधीश जबराले आज साढे १ बजेका लागि फुलकोर्ट बैठक आह्वान गरेका छन्। न्यायाधीशहरूले आइतबार नै फुल कोर्ट बहिष्कारको घोषणा गरिसकेका छन्। 

ad
ad