१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक ७ आइतबार १८:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता कोइरालाको प्रश्न– मंसिरमा महाधिवेशन कसरी सम्भव छ ?

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ७ आइतबार १८:०३:००

कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी मंसिरमा कांग्रेसको महाधिवेशन र देशमा चुनाव सम्भव नरहेको बताएका छन् । कांग्रेसको महाधिवेशनअघि संसदीय निर्वाचन सम्भव नभएको पनि उनले बताए  ।

नेपाल प्रेस युनियन धादिङले गरेको पत्रकार सम्मेलनमा कोइरालाले महाधिवेशन निश्चित नभएकाले सभापतिका लागि उम्मेदवारी घोषणा नगरेको बताए । ‘अधिवेशन र निर्वाचन हुन हामीले प्रेसर गर्ने हो । तर, १३ वटा जिल्लामा वडा अधिवेशन पनि भएको छैन । क्षेत्रको हुन पर्याे, मंसिरमा कसरी महाधिवेशन सम्भव छ ?’  

चार वर्षमा हुनुपर्ने महाधिवेशन साढे वर्षमा पनि हुन नसक्ने अवस्था आएको उनको भाइ छ । उनले भने, ‘डेढ वर्षमा पदाधिकारीबाट पाँचपटक मिति फेरियो, चार वर्षमा अधिवेशन गर्नुपर्ने साढे पाँच वर्ष भयो । सार्दै ७ वर्ष पुर्याउने हो र । साढे चार वर्षदेखि डेट दिँदै हुनुहुन्छ । यसरी हामी स्विर्कादैनौँ ।’ 

प्रधानमन्त्री देउवा र कांग्रेसले चाहेर मात्रै पनि तत्काल संसदीय निर्वाचन हुन नसक्ने उनको भनाइ छ । निर्वाचनका लागि पहिला गठबन्धनमा सहमति हुनुपर्ने उनको भनाइ छ । 

अध्यादेशबाट देश चल्न नसक्ने भन्दै कोइरालाले एमालेले संसद् चल्न नदिएका कारण समस्या भएको पनि बताए । देशका लागि निर्वाचन आवश्यक भएको र त्यसभन्दा अघि कांग्रेस महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए । 

कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कांग्रेसमा अहिलेको नेतृत्वबाट मुलुकको रूपान्तरण हुन नसक्ने बताए । ‘देशको रूपान्तरण र कांग्रेसमा पुस्तान्तरण आजको आवश्यकता हो । अब हामीले नेतृत्व लिनुपर्छ भन्ने पक्षमा हामी छौँ । १४औँ अधिवेशन सम्झौता गर्न तयार छौँ । सभापतिबाहेक अरू सबै पद हामीलाई चाहिन्छ । तर, १५औँ महाधिवेशन हाम्रो हो,’ भण्डारीले भने । 

मातृशोकमा रहेका कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई भेट्न नेता कोइराला र भण्डारी आइतबार धादिङ आएका हुन् ।