१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:१२:oo

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्।   अल्पमतमा रहेका उनी पदमुक्त्त हुने पक्काजस्तै छ। गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। आज दिउँसो साढे १२ बजे प्रदेश सभा बैठक बस्दै छ। बैठकमा शुक्रबार प्रस्तुत भएको विश्वासको मत लिने प्रस्तावमा दलहरूले छलफल सकेपछि मतविभाजन हुनेछ। 
शेरधन राईले राजीनामा दिएपछि १० भदौमा भीमप्रसाद आचार्य मुख्यमन्त्रीमा नियुक्त्त भएका थिए। पदमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि उनले २५ असोजमा मात्र प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए। उक्त्त प्रस्ताव दसैँपछि ५ कात्तिकमा प्रदेश सभामा प्रस्तुत भएको थियो। 

प्रदेश १ मा सभामुख र उपसभामुखसहित कुल ९२ सांसद छन्।  सत्ताधारी दल एमालेमा सभामुखसहित जम्मा ४१ जना छन्। विपक्षी दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन, राप्रपाका एक र संघीय लोकतान्त्रिक मञ्चमा एकजना सांसद छन्। 

राप्रपाबाहेक सबै विपक्षीहरू गठबन्धनमा भएकोले उनीहरूको कुल ५० मत छ। यता एमालेका एकजना सांसद गुलेफन मियाँ फौजदारी अभियोगमा फरार भएको र सभामुखले निर्णायक मत मात्र दिन पाउने भएकोले ३९ मत मात्र बाँकी छ। राप्रपाले उनलाई समर्थन गरेमा उनले कुल ४० मत मात्र पाउनेछन्। जब कि उनलाई विश्वासको मत पुर्‍याउन ४७ जना सांसद आवश्यक पर्छ।