Skip This
विद्युतीय गाडी भारतमा उत्पादन गर्न टेस्ला कम्पनीलाई आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

विद्युतीय गाडी भारतमा उत्पादन गर्न टेस्ला कम्पनीलाई आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:o७:oo

भारतको नीति आयोगका उपाध्यक्ष राजीव कुमारले अमेरिकाको टेस्ला कम्पनीलाई विद्युतीय गाडी भारतमा आएर निर्माण गर्न आग्रह गरेका छन् । उनले कम्पनीलाई भारत सरकारका तर्फबाट करको लाभ दिनेसमेत आश्वासन दिएका छन् ।

पब्लिक अफेयर्स फोरम अफ इन्डियाको एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कुमारले टेस्लाका उत्पादन भारतमा नपठाउन आग्रह गरेका छन् । अमेरिकामा बनेका विद्युतीय गाडी भारत पठाउँदा भारतमा रोजगारी सिर्जना नहुने भन्दै उनले भारतमै उत्पादन गर्न जोड दिएका हुन् । 

इकोनोमिक टाइम्सले राजीवलाई उद्धृत गर्दै लेखेको छ, ‘तपाईंहरू भारतमा आउनुस् । भारतमा निर्माण गर्नुहोस् । तपाईंहरूले चाहेअनुसार करको सुविधा हामी प्रदान गर्न तयार छौँ ।’ उनले भारतमा उत्पादित विद्युतीय गाडीहरूलाई निर्यातका लागि बजार निर्माण गर्नेसमेत आश्वासन दिएका छन् । ‘यसका लागि हामी अघि बढिसकेका छौँ,’ उनले भनेका छन् ।

भारतका सडक यातायातमन्त्री नितिन गड्करीले पनि यसअघि टेस्लालाई भारतमा विद्युतीय गाडी निर्माण गर्न आग्रह गर्दै आएको इकोनोमिक टाइम्सले लेखेको छ । गडकरीले कम्पनीलाई सबै प्रकारको सहयोग भारत सरकारबाट हुने आश्वासन यसअघि नै दिइसकेका छन् । अघिल्लाे महिना भारतको उद्योग मन्त्रालयले टेस्लालाई करका विषयमा निर्णय हुनुअघि नै भारतमा उत्पादन कार्य अघि बढाउन आग्रह गर्दै पत्र लेखिसकेको थियो । 
 

ad
ad