१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आलमको मुद्दाको सुनुवाइ स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ। सर्वोच्चले आलमको मुद्दामा शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकेको थियो।

आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै ०७७ असोज १२ मा सर्वोच्च पुगेका हुन्। आलमको मुद्दामा पटकपटक पेसी चढे पनि सुनुवाइ भने रोकिँदै आएको छ।