१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १८:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री शाक्यको विश्वासको मतको छिनोफानो कात्तिक १० मा लाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रिया कात्तिक १० लाई सरेको छ। बिहीबार बसेको बागमती प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल मात्र भएपछि मतदानको प्रक्रिया रोकिएको हो।

आजको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत मागिन् भने अरू दलका नेताले राजीनामा गर्न आग्रह गरे। विश्वासको मत लिने कामको बाँकी प्रक्रिया कात्तिक १० गतेलाई तोकिएको छ। प्रस्तावमाथिको छलफलपछि सभामुखले बाँकी प्रक्रिया आगामी बैठकमा पूरा हुने जानकारी गराउँदै बैठक अन्त्य गरेका थिए। बैठक  १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

गठबन्धनमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री पाउने सहमति गरेका छन्। पहिले समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने र दोस्रोमा कांग्रेसले मुख्यमन्त्री पाउने सहमति भएको कांग्रेसका प्रदेश सभा सदस्य निमा लामाले बताए ।