१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल फोटो।
२o८१ बैशाख ३१ सोमबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३९:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस भिमाद नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभास हुन थालेको बताएका हुन्। 

‘कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसमा लहर आएको छ। यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभास हुन थालेको छ।’ उनले तल्लो तहबाटै कांग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने संकल्प देखा परेको बताए ।

ad
ad