१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काबुल
Invalid date format १७:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिबानद्वारा पत्रकारमाथि आक्रमण

Read Time : < 1 मिनेट
रासस काबुल
नयाँ पत्रिका काबुल
Invalid date format १७:२९:oo

काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौँ पत्रकारहरूमाथि आक्रमण गरेको छ। शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए। 

‘हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र  बेरोजगारी, गरिबी, भोकले सताएको छ’ भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरूले बोकेका थिए। समाचार संकलन गर्न पुगेका पत्रकारलाई तालिबानले राइफल र लात प्रहार गरेकाे बताइएको छ।

प्रदर्शन आयोजकमध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन् कि महिलाहरू जोखिमको बाबजुद मार्चपास गर्दै थिए। तालिबानहरूले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरू कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन्। केटीहरूको विद्यालय जाने अधिकारसमेत तालिबानले खोसेको उनले बताएकी छिन्।