मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ४ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ४ बिहीबार १६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा भएन सुधार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ४ बिहीबार १६:१५:oo

बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। बुधबार ६० अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन १४ अंकले घटेको छ। बुधबार राष्ट्र बैंकको बैंकहरूलाई ब्याजदर १० प्रतिशतभन्दा बढी नबढाउन निर्देशन दिएको थियो। केन्द्रीय बैंकको यही एक्सनले नेप्सेमा टेको लाग्ने अगानीकर्ताको अपेक्षा  थियो। तर, त्यसविपरीत आज पुनः बजार घटेको छ।

बिहीबार नेप्से सूचक १४.७१ अंकले घटेर दुई हजार पाँच सय ५६.९५ बिन्दुमा पुगेर थामिएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा ०.६५ अंकले गिरावट आएको छ। कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स, जलविद्युत् र विकास बैंकले सर्वाधिक गुमाएका छन्।

जोशी हाइड्रोपावर, गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट विकास, रैराङ हाइड्रोपावर कम्पनी र शिवश्री हाइड्रोपावर कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ। श्री इन्भेष्टमेन्ट बैैंक, फर्स्ट माक्रोफाइनान्स र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ४ प्रतिशतले घटेको छ।

घटेको बजारमा पनि १० प्रतिशतले बढेर मेरो माइक्रोफाइनान्स वित्तीय संस्था सर्किट मूल्यमा कारोबार भएको छ। त्यसैगरी सिटिजन्स म्युचुअल फन्ड, आइसिएफसी फाइनान्स, सनराइज, बुलम्ची फन्ड र एनआइविएल प्रगति फन्डको मूल्य पाँच प्रतिशतले बढेको छ।

लगानीकर्ता प्यानिक बन्दा सेयर खरिद–बिक्रीमा भने सुधार आउन सकेको छैन। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १६ कम्पनीको ६१ लाख कित्ता सेयर खरिद–बिक्री  हुँदा दुई अर्ब ६३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ।