१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालस्थित बंगलादेशी दूतावासअगाडि प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा नेपालका लागि बंगलादेशको दूतावास अगाडि प्रदर्शन भएको छ। हालै बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा बुधबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघले दूतावास अगाडि प्रदर्शन गरेको हो।

संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापनपत्र बुझाएको छ। प्रदर्शनका क्रममा सम्बोधन गर्दै संघका अध्यक्ष रवि प्रजापतिले कुनै पनि देशका जनताहरूले आफ्नो धर्म मान्न पाउने अधिकारलाई सरकारले सुरक्षित गरिदिनुपर्ने माग आफूहरूले राजदूतलाई राखेको बताए ।