१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३ बुधबार १८:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद्को निर्णय : मृतकका परिवारलाई दुई लाख राहत, घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १८:o२:oo

मन्त्रिपरिषद् बैठकले बेमौसमी वर्षाका कारण प्रभावितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले परिवारमा कसैको मृत्यु भएमा प्रतिपरिवार दुई लाख, सोही परिवारका अन्य सदस्यको समेत मृत्यु भएको भएमा प्रतिव्यक्ति थप १ लाखका दरले एकद्धार नीतिबाट राहत उपलब्ध गराउने, घरआवास, बाली नष्ट भएर तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका परिवारलाई प्रतिव्यक्ति ५ जनासम्म सदस्य भएको परिवारलाई १५ हजार, ५ जनाभन्दा बढी परिवार भएकालाई २० हजारका दरले तत्काल नगद सहायता उपलब्ध गराउने निर्णय गरेको छ। 

त्यस्तै, घाइतेको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने, सम्बन्धित मन्त्रालयहरूले विपदबाट क्षतिको यथासक्य छिटो प्रतिवेदन पेस गर्ने, सडक, पुल दुरसञ्चार, विमानस्थलजस्ता अत्यावश्यक संरचनाको मर्मतसम्भार गरी तत्काल सञ्चालनको व्यवस्था मिलाउने, विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराई सञ्चालनमा ल्याउने, प्रभावित क्षेत्रमा रोग फैलन नदिने प्रबन्ध गर्ने, राहत र उद्धारमा सहयोगका लागि प्रदेश र स्थानीय तहलाई आग्रह गर्नेलगायतका निर्णय गरेको कार्कीले जानकारी दिए।