१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १३:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आणविक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५३:oo

उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेको छ। उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ।

दक्षिण कोरियाली सैन्य अधिकारीहरूले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको दाबी गरेका थिए। उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो । साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै यहाँको सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ।

दक्षिण कोरियाली सेनाका प्रमुखले मंगलबार उत्तर कोरियाले हानेको सो क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको बताएका थिए।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू प्रहार र परीक्षण गर्दै आएको छ। केही समयअघि मात्र उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो। सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो। यसपटकको क्षेप्यास्त्र पनि पानीमा खसेको बताइएको छ। रासस