१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format ११:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँचदलीय गठबन्धन विदेशीसामु घुँडा टेक्नेहरूको गठबन्धन हो : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५४:oo

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारमा रहेका दलहरूलाई विदेशीसामु घुँडा टेक्नेहरूको गठबन्धन बताएका छन्। बुधबार नेकपा एमाले कास्कीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन्।

एमाले राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि र जातीय सदभावको पक्षधर रहेको जिकिर गर्दै उनले भने, ‘वर्तमान पाँचदलीय गठबन्धन विदेशीसामु घुँडा टेक्नेहरूको गठबन्धन हो। राष्ट्रिय स्वाधीनता, समृद्धि र यसको बाहक एमालेविरुद्धको गठबन्धन हो।’ 

‘यो गठबन्धन आर्थिक विकास र समृद्धिलाई रोक्न हो। आर्थिक विकासलाई धराशायी बनाउन हो। अराजकतालाई बढावा दिनका लागि हो। विदेशीहरूको सामुन्नेमा घुँडा टेक्नका लागि लाज नमान्नेहरूको गठबन्धनको हो,’ उनले भने, ‘यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन। यसका विरुद्ध एमाले दृढतापूर्वक लाग्नेछ।’