१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
दीपक अधिकारी काठमाडाैं
२o८१ जेठ ५ शनिबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङमा पहिरोमा बेपत्ता भएकाहरूको खोजीकार्यका लागि हेलिकाेप्टर घटनास्थलतर्फ उड्यो

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:४o:oo

बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकाेप्टर घटनास्थलतर्फ उडेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्य जारी राखे पनि बेपत्ताहरूको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए ।

उनले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको रेस्क्यु टोलीसहित नेपाली सेनाको हेलिकाेप्टर घटनास्थल पुगी बेपत्ताहरूको खोजीकार्य भइरहेको छ ।’ पहिरोले तल्लो डिख्ला र माथिल्लो डिख्लाका एक सय ७० परिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । 

नेपाली सेनाको हेलिकाेप्टरमार्फत पहिरोमा परेकाहरूको उद्धार र खोजीकार्यका लागि आवश्यक राहत र औषधि बोकेर रेस्क्यु टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए  । यतिवेला पहिरोका कारण तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रूपमा आश्रय लिइरहेका छन्  ।

पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेका छन् । यस्तै, अविरल वर्षाका कारण गएको पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् र  सञ्चार सेवा अवरुद्ध भएको छ ।

ad
ad