मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २ मंगलबार १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार १२:३१:oo

गृहमन्त्री बालकृष्ण खाणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पुगेर मन्त्री खाणले वैद्यको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन्।

सो क्रममा मन्त्री खाणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्न आग्रह गरे। वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए।