मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
२०७८ कार्तिक २ मंगलबार ०९:५९:००
Read Time : > 1 मिनेट
फिचर प्रिन्ट संस्करण

लिमी : दुई बस्ती जोड्ने भूभाग

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार ०९:५९:००

हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका लागि पनि वास्तवमै अलौकिक छ । 

‘लिमी’ तिब्बती शब्द ‘लिमे’बाट अपभ्रंश भई बनेको हो । लिमेको तिब्बती अर्थ हुन्छ– ‘दुई बस्ती जोड्ने भूभाग ।’ लिंकखोला र गेउ स्याक्च्या खोलालाई जोड्ने भूभागमा बस्ती भएकाले यसलाई लिमे भनिएको पुस्तकहरूमा उल्लेख छ । लिमे पछि नेपालीमा अपभ्रंश हुँदै लिमी हुन पुग्यो । 

नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा एउटा कोट दरबार छ । डाँडाको चुच्चोमा अहिले पनि दरबारको अवशेष भेटिन्छ । कोटभन्दा माथि सेउकुनाको छेउमा बौद्ध गुम्बा पनि छ । प्राचीन समयमा गुम्बाबाट राजकाज चलाउन तिब्बतबाट आएका शासकहरूले यही गुम्बा र दरबारबाट लिमीमा शासन गरेको किंवदन्ती छ । कोट दरबार र गुम्बाको बीचबाट बगेर आएको दुई नदीको बीचमा लिमी (लिमे) बस्ती छ । लिमीमा तीन बस्ती तिल, जाङ, हल्जी छन् । लिमी उपत्यका प्राकृतिक सौन्दर्य, पर्यावरण जैविक विविधता र मानव सभ्यताको हिसाबले महत्वपूर्ण छ । समुद्री सहतबाट १७ हजार फिट उचाइमा अवस्थित लिमी रैथाने तिब्बती संस्कृति बोकेको बस्ती हो । 

लिमीको लाप्चाबाट कैलाश दर्शन 
लिमी उपत्यकाको लाप्चा नाकाबाट तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न सकिन्छ । जाङ, हल्जी र तिल गाउँबाट कैलाश मानसरोवर पैदल पनि हिँडेर जान सकिन्छ । लाप्चा नाकासम्म गाडी आवतजावत गर्ने हुँदा गाडीबाट लाप्चासम्म सवार गर्न सकिन्छ । 

१९४५ सालमा निर्मित माना–पाथी, ढक–तराजुलगायतका सामग्री अझै यहाँ संरक्षण गरी राखिएको छ । स्थानीयस्तरमा नापतौलमा प्रयोग हुने सामग्री, पूजाआजा र अन्य बन्दोबस्तीमा प्रयोग हुने पुराना सामग्री यहाँ हेर्न सकिन्छ । करोडौँ मूल्यको कोइचिनको बख्खु यहाँको अर्काे विशेषता हो । यो बख्खु (महिला र पुरुषको वस्त्र) हाल संरक्षणका लागि मात्र राखिको छ ।

११औँ शताब्दीमा निर्मित हल्जी गुम्बा
लिमीको हल्जी गाउँमा ११औँ शताब्दीमा निर्मित हल्जी गुम्बा छ । तत्कालीन लोचाओ कवि रिन्जिन जाङ्वुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १०८ गुम्बामध्ये अन्तिम गुम्बा लिमीमा छ । तत्कालीन सिँजा राज्यका एक राजाले बुद्ध धर्म मान्ने भएकाले हल्जी गुम्बामा आएर श्रमदान गरेको लिपी यहाँ सुरक्षित छ । 

दुर्लभ जनावरको वास
लिमी उपत्यकामा वनचौँरी, वनघोडा, वनबिरालो, बाघ, हिउँचितुवा र ध्वाँसे चितुवा, मृग, भालुलगायतका दुर्लभ वन्यजन्तु पाइन्छ । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालित क्यामेरामा कैद तस्बिर हेर्दा अनौठा र दुर्लभ जनावर रहेको प्रमाणित भएको छ । 

खस साम्राज्यको आधार खण्ड
लुकेको तिब्बतीय संस्कृतिको आकर्षण केन्द्रको रूपमा लिमी उपत्यका रहेको छ । यहाँ जिल्लाका अन्य भूभागभन्दा फरक बस्ती र चालचलन रहेको छ । यो बस्ती समुद्र सतहभन्दा चार हजार फिट माथि रहेको छ । तत्कालीन लिमी गाउँ विकास समिति र हालको नाम्खा गाउँपालिकाअन्तर्गत पर्ने लिमीमा तीनवटा गाउँ तिल, हल्जी र जाङ रहेका छन् । नाफल उच्च हिमालमा पाक्ने गहुँ, जौ, कोइरा, तोरी यी गाउँका मुख्य खाद्यबाली हुन् ।