मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप ५९१ जनामा कोरोना संक्रमण, ९३७ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

पछिल्लो २४ घण्टामा देशभर ५९१ कोरोना संक्रमित थपिएका छन्। नौ हजार ६९७ स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पिसिआर विधिबाट सात हजार ६५४ स्वाब  परीक्षण गर्दा ५२३ र एन्टिजेन विधिबाट दुई हजार ४३ स्वाब परीक्षण गर्दा ६८ नयाँ संक्रमित थपिएका हुन्।

सो अवधिमा कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप नौ जनाले ज्यान गुमाएका छन्। आज दिनभर २७ हजार ७०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ९३७ जना कोरोना मुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ मा झरेको छ।