१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o६:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चार महिनापछि पूर्ण रूपमा खुल्यो बेंसीसहर-चामे सडक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o३:oo

मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत १ असारको बाढीले अवरुद्ध बनेको बेंसीसहर–चामे सडक चार महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।  मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले आइतबारबाट अवरुद्ध सडक चार महिनापछि सञ्चालनमा आएको बताए ।

दसैँको समयमा  सडक खुलेपछि मनाङवासीमा खुसी छाएको छ । चार महिनापछि चामेबाट गाडीमा आउँदा खुसीको सीमा नै नरहेको चामेका स्थानीय सुशीला लामा बताउँछिन् । बेंसीसहरदेखि चामे हुँदै माथिल्लो मनाङको खाङसारसम्म सवारी पुग्ने भएपछि बेंसीसहरका व्यापारीसमेत सामान पठाउन सहज भएको भन्दै उत्साहित बनेका छन् । सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउन हेलिकोप्टरको भर पर्नुपरेको थियो । यसअघि चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक मर्मतपछि माथिल्लो मनाङको सडक पनि सञ्चालनमा आएको थियो । 

बेंसीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भएपछि आइतबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको हो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडकसम्पर्क विच्छेद हुन पुगेको थियो । मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । जसका कारण आवतजावतका साथै खाद्यान्न ढुवानीमा समेत हेलिकोप्टरकै भर पर्नुपरेको थियो । 

यसअघि बेसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङ–बेंसीसहरदेखि ४० किलोमिटर दूरी खोत्रो सिरानतालदेखि ५० किलोमिटर तिमाङसम्मको बीचभागमा अवरुद्ध सडक खुलेसँगै बेंसीसहर–चामे सडकमा सीधै सवारी आवतजावत हुँदा यात्रु तथा ढुवानी गर्न केही सहज भएको मनाङका होटेल व्यवसायी अस्मिता गुरुङ बताउँछिन् ।

६५ किलोमिटरको बेंसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व. ०५१/०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्र्याक खोलेको थियो । यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन ।