१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २६ मंगलबार o६:४८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रकाश र कुमारको  जोडी च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार o६:४८:oo

प्रकाश पराजुली र कुमार पन्तको जोडी दोस्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा सोमबार संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरेका हुन् ।

उपाधि विजेता प्रकाश नै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि घोषित भएका छन् । प्रतियोगितामा बाबुराम ढकाल र भुवल तामाङको जोडीले तेस्रो स्थानमा चित्त बुझाए । विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका–७ का अध्यक्ष जीवन थापा र मनकामना टोल सुधार समाजका अध्यक्ष बलबहादुर राउतलगायतले पुरस्कृत गरेका छन् । प्रतियोगितामा १२ जोडी सहभागी थिए ।