१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिउँसै बैंक लुट्न खोज्ने क्रममा गोली हानाहान, दुई भारतीयसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

दिउँसै हतियार देखाएर बैंक लुटन खोज्ने दुई भारतीयसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखाबाट रकम लुट्न खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पेस्तोल देखाएर रकम लुट्न  खोज्ने क्रममा बैंकका गार्डले प्रतिकार गरेपछि लुटेरा समूहले गोली चलाउँदा एक गार्ड घाइते भएका छन् । गोली चलेपछि होहल्ला भएर बैंक लुट्ने प्रयास असफल भएपछि लुटेरा समूह भारततर्फ फरार भएको थियो।

मोटरसाइकल चढेर फरार भएका लुटेराहरूलाई प्रहरीले घेरा हालेर खयरबोना नाकाबाट नियन्त्रणमा लिन सफल भएको मोरङ प्रहरीले जनाएको छ । नियन्त्रणमा लिने क्रममा एक लुटेरा गोली लागेर घाइते भएको र लुटेराहरूबारे इलाका प्रहरी रंगेलीले थप अनुसन्धान गरिरहेको एसपी जनार्दन जिसीले जानकारी दिए।