मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको तनाव । प्रहरीले चलाएको गोलीको खोका ।
डिलाराम भुसाल कपिलवस्तु
२०७८ असोज २५ सोमबार ०९:१३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दसैँको मुखमा प्रहरीको गोलीबाट चार ‘सुकुमबासी’को मृत्यु

Read Time : > 5 मिनेट
२०७८ असोज २५ सोमबार ०९:१३:००

गृहमन्त्री खाणको गृहजिल्लामा तनाव : १२ अर्ब लागत र ९४६ बिघा जग्गामा बनाइने भनिएको मोतीपुर औद्योगिक क्षेत्रको १३३ बिघा अधिग्रहण नहुँदै शिलान्यास गर्न पुगेका तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयले कालो झण्डा देखाउँदै लखेटेका थिए । सात महिनासम्म राज्यबाट समस्या समाधानको पहल नहुँदा बडादसैँको चार दिनअघि चार नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको छ


प्रहरीको गोलीबाट आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका चार 'सुकुमबासी'को मृत्यु भएको छ । थप पाँचजना गोलीबाट घाइते भएका छन् । यीसहित झडपका क्रममा १७ 'सुकुमबासी' र ३३ सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय प्रशासनले भने सुकुमबासीका नाममा सरकारी गज्जा अतिक्रमण गर्ने उनीहरू गैरसुकमबासी भएको दाबी गरेको छ। 

घाइतेहरूको रुपन्देहीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । प्रहरीको गोलीबाट मृत्यु भएकामध्ये तीनजनाको सनाखत हुन सकेको छैन । पहिचान भएका २० वर्षीय रमेश परियार कपिलवस्तुको बाँणगंगा नगरपालिका– १० घर भएका हुन् । उनको बायाँ खुट्टामा गोली लागेको गृह मन्त्रालयले जनाएको छ ।

मोतीपुर क्षेत्रमा गत भदौको अन्तिम साता जग्गा अतिक्रमणको प्रयास सुरु भएको थियो । त्यहाँ बस्नेहरूले छाप्रा बनाउन थालेपछि रुपन्देही प्रशासनले २८ भदौमा अर्को आदेश नभएसम्मका लागि यो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । प्रहरीले पनि कडाइ गर्दै आएको थियो ।

तर, मोतीपुरमा सुकुमबासी बस्ती बस्ने हल्ला चलेपछि कपिलवस्तु, पाल्पा, नवलपरासीलगायतका जिल्लाका सुकुमम्बासी यहाँ ओइरिन थालेका थिए । घडेरीका लागि २५ असोजमा टोकन बाँडिने हल्ला व्यापक भएको थियो, जसका कारण २४ असोजमा यहाँ आएर छाप्रा बनाउनेहरूको भिड बढेको थियो । स्थानीय प्रशासनले सुकुमबासीका नाममा विभिन्न जिल्लाबाट आएका गैरसुकुमबासी बस्न थालेको बताइरहेको थियो । त्यसरी बसेको समूहलाई हटाउने क्रममा आइतबार झडप भएको थियो । 

त्यसपछि प्रहरी प्रशासनले आइतबार बिहानैदेखि सुरक्षाकर्मी बढाएको थियो । एसपीकै कमान्डमा सुरक्षाकर्मी खटिएका थिए । त्यही क्रममा बिहान करिब ११ बजे प्रहरी र यहाँ बसेका व्यक्तिहरूबीच झडप सुरु भएको थियो । झडपका क्रममा प्रहरीको गोलीबाट बर्दघाट– ४ का विजय सहानी, पाल्पा रिब्दिकोटका भीमबहादुर कार्की, नवलपरासी पश्चिमका विष्णु परियार, सैनामैनाका सन्तोष विक, पाल्पा तिनाउका समीर थापा घाइते भएका छन् । उनीहरूमध्ये विजयको अवस्था गम्भीर छ भने अन्य खतराबाहिर रहेको गृह मन्त्रालयले जनाएको छ । 

प्रहरीसँगको झडपमा घाइते भएर अस्पताल भर्ना भएका अन्यमा टुकबहादुर बुढाप्रीति, ज्ञानबहादुर गुरुङ, मनरुमा झा, सुजन थापा, सुजन परियार, त्रिचन्द्र कुर्मी, मेघराज कुमाल, मेघबहादुर रोक्का छन् । त्यस्तै, नवलपरासीका सर्वेश केवटको पेटमा गम्भीर चोट लागेको छ । 

डिएसपीसहित ३३ प्रहरी घाइते 

झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपीसहित ३३ जना घाइते भएका छन् । जसमध्ये केहीलाई अस्पताल भर्ना गरिएको छ । मोतीपुर क्षेत्रमा आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा खटाइएका थिए । एसपीको कमान्डमा प्रहरी परिचालित गरिएको थियो । अतिक्रमण हटाउने गरी खटिएको प्रहरी टोली र सुकुमबासीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो । 

घाइते हुनेमा डिएसपी मदन कुँवर, इन्स्पेक्टर चक्रबहादुर डरमपाल, सइहरू बाबुराम घिमिरे, भरतराज पन्थी, नवीन चालिसे र असइ विमला विक, हवल्दार जगन्नाथ डाँगी, जवानहरू रिजन थापा, गोविन्द चौधरी, झबिन्द्र परियार, विनोद परियार, अनिता कुँवर, मेघराज पुन, राकेश यादव, राज लौनिया, जितेन्द्र पुन , जगवीर पुन, प्रदीप ठाकुर, सूर्यनाथ रेग्मी, जयकुमार चौधरी, वीरेन्द्र सुनारी, झरना परियार, लीला वली, सुजन सोमरे, अजय कुँवर, मनराज घर्तीमगर, निरशंकर केसी, सुरेन्द्र रोका, खगेन्द्रप्रसाद यादव, महेन्द्र वली, अभिषेक बस्नेत , टेकबहादुर पल्ली, भरत गयल रहेको गृह मन्त्रालयले जनाएको छ । 

झडपपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका– १७ शिवनगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतीयोग्य जमिनसम्म कफ्र्यु लगाइएको छ । उत्तरमा बुटवल उपमहानगरपालिका–१७ शिवनगर रानीगाउँ बस्तीदेखि दक्षिणमा वडा नम्बर १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) कफ्र्यु लगाइएको छ । रुपन्देहीका सहायक सिडिओ कमलप्रसाद पाण्डेले सुरक्षाकर्मी माथि ढुंगामुढा तथा पेट्रोल बम प्रहार भएपछि बाध्य भएर सुरक्षाकर्मीले गोली चलाएको दाबी गरे । 

सञ्चारकर्मी पनि कुटिए

मोतीपुरमा भएको झडपको समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि पनि आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारका अनुसार पत्रकार विश्व ज्ञवालीको टाउकोमा चोट लागेको छ । पत्रकारहरूलाई दुव्र्यवहार गर्नुका साथै फोटो खिच्न तथा समाचार संकलनमा समेत अवरोध भएको भन्दै महासंघले आपत्ति जनाएको छ । 

रुपन्देहीका व्यावसायिक संस्थाहरूको ध्यानाकर्षण

मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा अतिक्रमणप्रति यस क्षेत्रका व्यावसायिक संघसंस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे र औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै मोतीपुर औद्योगिक क्षेत्रमा भएको अवरोधको निकाससहित शीघ्र सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेका छन् ।

पहिलो तनाव यहाँबाट सुरु भयो

लुम्बिनी प्रदेशस्तरीय मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा १२ अर्ब लागत अनुमान छ । नौ सय ४६ बिघा क्षेत्रफलको जग्गामध्ये एक सय ३३ बिघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापनको नाममा आउन बाँकी छँदै तत्कालीन अर्थमन्त्री तथा रुपन्देही २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले गत २१ फागुनमा शिलान्यास गरेका थिए । सो कार्यक्रममा पनि स्थानीयले पौडेललाई कालो झन्डा देखाउँदै नाराबाजी तथा कार्यक्रमस्थलमा ढुंगा प्रहार गरेका थिए ।

यो औद्योगिक क्षेत्रमा सात सय उद्योग स्थापना गर्ने योजना छ । दुई वर्षभित्र उद्योगहरू सञ्चालन गर्ने गरी र पाँच वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार सम्पन्न गर्ने गरी काम अगाडि बढाइको हो । तर, शिलन्यासपछि कामले गति लिन सकेको छैन । मोतीपुर औद्योगिक क्षेत्रको जग्गालाई तीन सेक्टरमा विभाजन गरिएको छ । जसमा तिलोत्तमा क्षेत्रलाई सेक्टर ‘ए’मा राखिएको छ । त्यस्तै, मोतीपुर क्षेत्रलाई सेक्टर ‘बी’ र फर्साटिकरलाई सेक्टर ‘सी’ कायम गरिएको छ ।
 


औद्योगिक क्षेत्रले १३३ बिघा जग्गा अधिग्रहण नगर्दै तत्कालीन अर्थमन्त्री पौडेलले गरेका थिए शिलान्यास

लुम्बिनी प्रदेशस्तरीय मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा १२ अर्ब लागत अनुमान छ । नौ सय ४६ बिघा क्षेत्रफलको जग्गामध्ये एक सय ३३ बिघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापनको नाममा आउन बाँकी छँदै तत्कालीन अर्थमन्त्री तथा रुपन्देही २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले गत २१ फागुनमा शिलान्यास गरेका थिए । सो कार्यक्रममा पनि स्थानीयले पौडेललाई कालो झन्डा देखाउँदै नाराबाजी तथा कार्यक्रमस्थलमा ढुंगा प्रहार गरेका थिए ।

यो औद्योगिक क्षेत्रमा सात सय उद्योग स्थापना गर्ने योजना छ । दुई वर्षभित्र उद्योगहरू सञ्चालन गर्ने गरी र पाँच वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार सम्पन्न गर्ने गरी काम अगाडि बढाइको हो । तर, शिलन्यासपछि कामले गति लिन सकेको छैन । मोतीपुर औद्योगिक क्षेत्रको जग्गालाई तीन सेक्टरमा विभाजन गरिएको छ । जसमा तिलोत्तमा क्षेत्रलाई सेक्टर ‘ए’मा राखिएको छ । त्यस्तै, मोतीपुर क्षेत्रलाई सेक्टर ‘बी’ र फर्साटिकरलाई सेक्टर ‘सी’ कायम गरिएको छ ।

 तनावपछि कर्फ्यु

झडपपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिउँसो चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्यू आदेश जारी गरेको थियो । पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका–१७ शिवनगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खोतीयोग्य जमिनसम्म कर्फ्यु लगाइएको छ । उत्तरमा बुटवल उपमहानगरपालिका–१७ शिवनगर रानीगाउँ बस्तिदेखि दक्षिणमा वडा नम्बर १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म)कर्फ्यु लगाइएको छ ।

 मृतक रमेशका बुबा रनबहादुर परियार भन्छन्–सम्झाएर पठाएको भए हुन्थ्यो गोली हानेर मार्‍यो, न्याय चाहियो 

छोरो स्याङ्जाको मिर्मीमा मिस्त्री काम गर्दै आएको थियो । काम गर्ने ठाउँको साथीको छोरी बिरामी भएपछि उपचारका लागि मेडिकल कलेज ल्याएको थियो । राति मेडिकल कलेजमै रहेको छोरो बिहान बुटवल (मोतीपुर) पुगेछ । त्यहाँ प्रहरीको गोलीबाट छोराको मृत्यु भयो । मेरी बुहारी र पाँच वर्षकी नातिनी छ । अब कसले हेरचाह गर्छ ? सम्झाएर पठाएको भए हुने थियो । छोरालाई गोली हानेर मारियो, न्याय चाहियो । 

 मृतक रमेशकी पत्नी मीना परियार भन्छिन्२५ गते जग्गाको टोकन पाइन्छ भनेका थिए, २४ गते नै बर्बाद भयो

म गाउँमै सिलाउने काम गर्दछु । बुटवलमा जग्गा पाइन्छ भनेपछि सबैको पछि लागेर म पनि तीनपटक बुटवल आएकी थिएँ । कसले दिन्छ भन्ने कसैलाई थाहा थिएन । २५ गते जग्गाको टोकन पाइन्छ भनेका थिए, २४ गते नै बर्बाद भयो । 

 बाँणगंगा कपिलवस्तुका गंगा विकले भनिन्जग्गा ररोजगारी पाइन्छ भनेर आएका थियौँ, मान्छेको जीवन गयो

म बुटवल (मोतीपुर) आउन लागेको १३ दिन भो । बिहान गाडी रिजर्भ गरेर आउँथ्यौँ, साँझ फर्किन्थ्यौँ । त्यहाँ २० हजारभन्दा बढी मान्छे हुन्थे । कसैले घरबाटै खाजा ल्याउँथे, कसैले किनेर खान्थे । सानोतिनो चार–पाँचवटा हाटबजारजस्तो थियो । २५ गते जग्गाको टोकन पाइन्छ भन्ने हल्ला थियो । २४ गते सबै सकियो । जग्गा पाइन्छ भनेर हल्ला कसले फिँजायो भन्ने नै थाहा छैन । छिमेकीले जग्गा पायो भने आफू छुटिन्छ भनेर आएका छौँ । गाउँका सबै आएका हौँ । गाउँमा पनि हामी सुकुमबासी नै हो । बुटवल बजार ठूलो छ, जग्गासँगै रोजगारी पाइन्छ भन्ने आशाले आएका हौँ । आखिरीमा मान्छेको जीवन नै गयो ।

 रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी भन्छन्– प्रहरीले संयमता अपनाउँदा–अपनाउँदै दुर्घटना भयो

 


तत्कालीन अर्थमन्त्रीमाथिनै आक्रमण हुँदा पनि प्रहरीले संयमता अपनाएको स्थानमा अहिले किन यस्तो घटना भयो ?

स्थानीय प्रशासनले संयमता अपनाउँदै आएको थियो । सो क्षेत्रमा भिड बढ्न थालेसँगै भदौ २८ गतेदेखि सो क्षेत्रमा निषेधाज्ञा लगाएका थियौँ । आइतबार प्रहरीले संयमता अपनाउँदा–अपनाउँदै दुर्घटना हुन पुग्यो । 

चारजनाको ज्यान गयो, धेरै घाइते भएका छन्, यो त ठूलो घटना हो नि ? 

सुरक्षाकर्मी हरेक दिन संयमित हुँदै आएका थिए । आइतबार बिहान ११ बजेदेखि उत्तेजित हुने ढुंगामुढा गर्नेलगायतका काम हुँदै आएका थिए । प्रहरीले त्यसलाई रोक्न शान्तिपूर्ण तरिकाबाट काम गरेको थियो । प्रहरीले अश्रुग्यास, हवाईफायर गर्दै नियन्त्रण गर्न खोज्दै थियो । पेट्रोल बम प्रहार हुन थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउन बाध्य भएको हो ।

प्रहरीले किन समन्वय गर्न सकेन, यसको जिम्मेवार त स्थानीय प्रशासन हुँदैन र ?
सरकारी जग्गा संरक्षण गर्नु स्थानीय प्रशासनको दायित्व हो । सो क्षेत्र पहिलेदेखि नै औद्योगिक क्षेत्रका लागि अधिग्रहण गरिएको क्षेत्र हो । यसको संरक्षणका लागि स्थानीय सरकार सक्षम छ । सरकारी जग्गा कब्जा गर्नु कानुनविपरीत हो । तसर्थ प्रशासनले निशेधाज्ञा लगाउँदै आएको थियो । घटनाको विषयमा गम्भीर ढंगबाट अध्ययन भइरहेको छ । कोबाट कसरी परिचालन भएर यहाँसम्म आइपुगेको छ भन्ने विषयमा हामीले अनुसन्धान गर्दै छौँ । नेतृत्वकर्ता नभेटिँदासम्म समन्वय भन्ने कुरा गर्न सकिँदैन ।