
अमेरिकी राजदूत डिन थम्पसनले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।
बिहीबार भएको भेटमा राजदूत थम्पसनले हालैका प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्याए।
अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघिदेखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपत् व्यवस्थापन र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसिसी सम्झौताका प्राथमिकताहरूमा छलफल गरे, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल र समृद्ध बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।