१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
भवानीश्वर गौतम काठमाडाैं
Invalid date format १o:o१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिविमा फिजिकल केमेस्ट्रीका विद्यार्थीको ‘अस्वाभाविक’ नतिजा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o१:oo

त्रिविको रसायनशास्त्र केन्द्रीय विभागअन्तर्गत स्नातकोत्तर पहिलो सेमेस्टरका विद्यार्थीको फिजिकल केमेस्ट्री विषयको नतिजा गत १७ असोजमा सार्वजनिक भयो । तर, अनौठो यो भयो कि लगातार सिम्बोल नम्बर भएका २६ विद्यार्थीको ग्रेड प्वाइन्ट शून्य आयो । जब कि यिनै कतिपयले विद्यार्थीले अन्य सबै विषयमा जिपिए ४ मा ४ नै ल्याएका छन् ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले ०७७ चैत र ०७८ मा परीक्षा लिएको थियो । बद्नियत राखेर आपूmहरूको नतिजामा बिगारिदिएको विद्यार्थीको गुनासो छ । अन्य विषयमा ग्रेड प्वाइन्ट ४ ल्याएका र फिजिकल केमेस्ट्रीमा शून्य रहेका एक विद्यार्थीले आन्तरिक राजनीतिको सिकार भएको आरोप लगाए । 

‘प्राध्यापकले पढाउनुपर्छ भन्दा पनि विद्यार्थीलाई टार्गेट गरेर फेल गरिन्छ । सुरुका ३० विद्यार्थीको नतिजा फिजिकल केमेस्ट्रीमा पनि राम्रो छ, बीचका विद्यार्थीको भने लगातार शून्य छ,’ उनले भने, ‘गणतान्त्रिक मुलुक भए पनि केमेस्ट्री केन्द्रीय विभागमा आफूलाई लागेका जिज्ञासा राख्न पाइँदैन, बहस गर्न सकिँदैन । केही व्यक्तिहरूको रिसिइबीको सिकार हामी भएका छौँ ।’ 

रसायनशास्त्र केन्द्रीय विभागमा ९० विद्यार्थी छन् । उत्तीर्ण हुन सबै विषयमा न्यूनतम २.७ जिपिए ल्याउनुपर्छ । पहिलो सेमेस्टरमा तीन थ्योरी र तीन प्राक्टिकल विषय हुन्छन् । रसायनशास्त्र केन्द्रीय विभागले पनि फिजिकल केमेस्ट्रीको नतिजा अस्वाभाविक रहेको स्वीकार गरेको छ । विभागीय प्रमुख प्रा.डा. रामचन्द्र बस्नेतले डिन कार्यालयमा यथाशीघ्र छानबिन गर्न पठाएको पत्रमा विद्यार्थीका नतिजा अस्वाभाविक रूपमा न्यून देखिएको उल्लेख छ । बुधबार पठाएको पत्रमा भनिएको छ, ‘यस विभागमा ब्याच २०७६ का विद्यार्थीहरूले निवेदन दिएका र विभागले मूल्यांकन गर्दा पनि प्राप्त जिपिए अस्वाभाविक रूपमा न्यून देखिएकाले आवश्यक कार्यार्थको लागि विद्यार्थीको निवेदनको प्रतिलिपि यसै पत्रसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध गर्दछु ।’

नतिजा अनियमित र पूर्वाग्राही भएको भन्दै केही दिनयता विद्यार्थीले केन्द्रीय विभाग र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा दबाब दिँदै आएका थिए । केन्द्रीय विभागका विद्यार्थीले धर्ना दिएपछि विभागले छानबिनका लागि डिन कार्यालयलाई पत्र पठाएको हो । डिन प्रा.डा. बिनिल अर्यालले विभागबाट पत्र आएको तथा दसैँको बिदा सकिएपछि हेरेर छलफल गर्ने बताएका छन् । 

फिजिकल केमेस्ट्रीको नतिजा विवादमा परेको यो पहिलोपटक भने होइन । हरेक वर्ष विवाद हुने गरेको छ । ६ महिनाअघि पनि सोही विषयमा लफडा भएको थियो । केन्द्रीय विभागमै आन्तरिक विवाद छ । उक्त विषयको शिक्षकका विषयमा विद्यार्थीले अनलाइन कक्षाको समयदेखि नै गुनासो गरेका थिए । अन्य सबै विषय अनलाइन कक्षा हुँदा फिजिकल केमेस्ट्रीका प्रा.डा. जगदीश भट्टराईले अनलाइन नलिएपछि विद्यार्थीले विभागीय प्रमुखलाई निवेदनसमेत दिएका थिए । पछि प्राध्यापकले केही विद्यार्थीलाई थर्काएको समेत गुनासो छ । फिजिकल केमेस्ट्री विषयमा अन्य क्याम्पसका विद्यार्थीमा समेत समस्या रहेको विद्यार्थीको गुनासो छ ।

केन्द्रीय विभाग भन्छ– नतिजा अस्वाभाविक
फिजिकल केमेस्ट्रीको नतिजा अस्वाभाविक रहेको रसायनशास्त्र केन्द्रीय विभागले स्वीकार गरेको छ । विभागीय प्रमुख प्रा.डा. रामचन्द्र बस्नेतले डिन कार्यालयमा यथाशीघ्र छानबिन गर्न पठाएको पत्रमा विद्यार्थीका नतिजा अस्वाभाविक रूपमा न्यून देखिएको उल्लेख छ । बुधबार पठाएको पत्रमा भनिएको छ, ‘यस विभागमा ब्याच २०७६ का विद्यार्थीले निवेदन दिएका र विभागले मूल्यांकन गर्दा पनि प्राप्त जिपिए अस्वाभाविक रूपमा न्यून देखिएकाले आवश्यक कार्यार्थको लागि विद्यार्थीको निवेदनको प्रतिलिपि यसै पत्रसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध गर्दछु ।’

साइन्सका डिन प्राडा. बिनिल अर्याल भन्छन्– पत्र आएको छ, दसैँपछि हेर्छौँ
रसायनशास्त्र केन्द्रीय विभागबाट फिजिकल केमेस्ट्रीको विषयमा पत्र आएको छ । बुधबार ढिला आएकाले दर्तासमेत भएको छैन । त्यो पत्र मैले हेर्न पनि पाएको छैन । दसैँको बिदा भएकाले अब पूर्णिमापछि हेरेर छलफल गर्छौँ ।