१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज २३ शनिबार १८:०९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

रुपन्देही उद्योग संघमा नयाँ नेतृत्व, विष्णु पौडेल भन्छन्– औद्योगिक विकासमा बाधक बन्न हुँदैन

Read Time : > 1 मिनेट
२०७८ असोज २३ शनिबार १८:०९:००

एमाले उपमहासचिब एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले औद्योगिक विकासमा कोही पनि बाधक बन्न नहुनेमा जोड दिएका छन् । देशको आर्थिक तथा औद्योगिक विकासमा कसैले पनि पूर्वाग्रह र नकारात्मक सन्देश दिने खालको काम नगर्न आग्रह गर्दै उनले विकास निर्माणका कामको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 

रुपन्देही उद्योग संघको ४३औँ वार्षिक साधारणसभा तथा २२औँ अधिवेशनमा शनिबार बुटवलमा उनले आफू अर्थमन्त्री रहँदा औद्योगिक विकासका लागि महत्वपूर्ण काम गरेको चर्चा गर्दै ती कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिए । आफू सरकारमा रहँदा औद्योगिक विकासदेखि विभिन्न महत्वपूर्ण विकास आयोजना अगाडि बढाउने गरी भएका कामको निरन्तर कार्यान्वयनका लागि वर्तमान सरकारले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नहुनेमा उनले जोड दिए । 

पौडेलले आफू अर्थमन्त्री रहँदा ल्याएको बजेटमा निजी क्षेत्रका माग र आवश्यकतालाई समावेश गरेको बताउँदै त्यसलाई वर्तमान गठबन्धन सरकारले तोडमोड गर्ने प्रयास गरेको आरोप लगाए । बजेटमार्फत उद्योगका क्षेत्रमा समावेश गरिएका सकारात्मक योजनाहरूमा सरकारको मौनताले औद्योगिक क्षेत्रको विकासमा बाधा उत्पन्न हुने विश्लेषण उनले गरे । 

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष  वीरेन्द्रनाथ पाण्डेले निजी क्षेत्रको विकासका लागि सरकारले लगानीमैत्री र उद्योग–व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए । उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एवं संघका पूर्वअध्यक्ष परिषद्का अध्यक्ष एजाज आलमले उद्योगमुखी अर्थतन्त्र विकासका लागि औद्योगीकरणको विकास गर्दै आयातमुखी अर्थतन्त्रको प्रतिस्थापन गर्दै लानुपर्ने कुरामा जोड दिए । 

रुपन्देही उद्योग संघमा माधव पौडेल
संघको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । निर्वाचन समितिले शनिबार औपचारिक रूपमा घोषणा गर्दै संघको अध्यक्षमा माधवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएको जनाएको छ । 

समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दिलीप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरिबहादुर खत्री, कोषाध्यक्षमा हिरामणि भट्टराई,  सचिवमा वसन्त ढकाल, सचिव महिलामा मञ्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवाली चयन भएका छन् ।  

यसैगरी, आजीवन सदस्यमा माधव नेपाल, संस्थागत सदस्यमा अशोक कुँवर, महिला सदस्यमा शारदा भट्टराई र मीना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली चयन भएका छन् ।

संघको खुला सदस्यमा प्रेम आले, लालप्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लालबहादुर थापा र नेत्र रुचाल चयन भएका छन् । त्यस्तै, बुटवल उपमहानगर पालिकाबाट लालहरि पाण्डे र जमुना पोखरेल तथा तिलोत्तमा नगरपालिकाबाट विशाल बेल्वासे चयन भएका छन् ।