१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २३ आइतबार १६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

०७८ को जनगणनामा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३९:oo

एक दशकपछि हुन लागेको जनगणना ०७८ मा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभाग, युएनएफपिए, युके एडको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको जनगणनासम्बन्धी मिडिया सचेतना कार्यशालामा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले यस्तो अनुमान गरिएको बताए । 

गौतमले यसपटकको जनगणनामा पनि महिलाको संख्या पुरुषभन्दा बढी हुने आकलन गरिएको बताए । उनले पुरुषहरू वैदेशिक रोजगारमा गएका कारण महिलाको संख्या बढी देखिन सक्ने आफूहरूको अनुमान रहेको बताए । 

‘रोजगारीसहित अन्य कारणले पुरुष विदेश गएकाको पनि गणना गर्छौँ,’ उनले भने, ‘तर, त्यो गणना छुट्टै हुने भएकाले महिलाकै जनसंख्या बढी देखिने अनुमान छ ।’ महिलाको आयु पुरुषको भन्दा बढी भएकाले पनि महिलाको जनसंख्या बढी देखिने उनको भनाइ छ ।

०६८ को जनगणनाअनुसार देशको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय थियोे । जसमध्ये महिलाको संख्या ५१ प्रतिशत थियो । ०७८ सालमै पहिलो चरणमा सम्पन्न भएको जनगणनामा नेपालमा कुल परिवारको संख्या ७० लाख अनुमान गरिएको उनले बताए । ०६८ सालको जनगणनामा परिवारको संख्या ५४ लाख २७ हजार तीन सय दुई थियोे ।

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणना कुनै पनि देशको नीति निर्माणदेखि विकास निर्माण, राज्यको समुदायको पहुँजलगायतका विषयमा महत्वपूर्ण रहेकाले यसलाई सञ्चारकर्मीसहित हरेक पक्षले गम्भीरतापूर्वक लिनुपर्ने बताए । पत्रकार सूचनाको प्रवाहक रहेकाले जनगणनामा देखिने लापरबाहीलाई हटाउन तथा आमजनमानसलाई जनगणनाप्रति सचेत गराउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उनले बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णले जनगणनाकै आधारमा अधिकारको बाँडफाँड तथा निर्वाचन क्षेत्रको किटान र सोही आधारमा सरकार निर्माण हुने गरेकाले पनि यसमा सबै पक्षले सचेत हुनु आवश्यक रहेको बताए । ‘कोही नदोहोरिऊन्, कोही नछुटून्’ भन्ने मूल विषयलाई ध्यानमा लिएर तथ्यांक संकलन गर्नुपर्ने युएनएफपिएका काशीराज पोखरेलले बताए । 

कार्यक्रममा नेपाल स्वास्थ्य पत्रकार मञ्चकी पूर्वअध्यक्ष तथा सहजकर्ता कल्पना आचार्य, जिल्ला तथ्यांक कार्यालय धनुषाका प्रमुख विमल यादव, मिडिया एक्सन नेपाल प्रदेश २ का संयोजक हदिश खुद्दारलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, पर्सा जिल्लाबाट पत्रकारको सहभागिता थियो । 

ad
ad