मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार ११:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार ११:०५:००

उच्च अदालत पाटनले कांग्रेस महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रतिनिधि नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सुनिल बोहोराले दायर गरेको रिटमा न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले बुधबार यस्तो आदेश गरेको हो।

रिटमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतका अधिवेशनबाट प्रनिनिधि छनाेट भएका हटाउन  र प्रतिनिधि बन्ने–बनाउने कार्यलाई रोक्न अन्तरिम आदेश माग गरिएको थियो। अन्तरिम आदेशबारे छलफलका लागि कार्तिक ७ मा पेसी तोकी दुवै पक्षलाई बोलाउने आदेश गरिएको छ। 

त्यस अवधिसम्म उनीहरूलाई राजनीतिक गतिविधि नगर्न अल्पकालीन आदेश जारी गरिएको छ। ‘विपक्षीहरूलाई राजनीतिक कार्यहरूमा सामेल नगर्नू/नगराउनू भनी अल्पकालीन आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ। रिटमा अन्य दलमा समेत कर्मचारी र शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न नगराउन अन्य आदेशसमेत जारी गर्न माग गरिएको छ।