मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ असोज २० बुधबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मादी हत्याकाण्ड छानबिनमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ असोज २० बुधबार १८:१८:००

गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड छानबिनमा उत्कृष्ट काम गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । सामूहिक हत्याकाण्डको सफल अनुसन्धान कार्यमा मेहनतका साथ लागेको भन्दै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद ५०–५० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । 

बुधबार प्रदेश १ प्रहरी कार्यालयले ६६औँ प्रहरी दिवसको अवसरमा उनीहरूलाई परस्कृत गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मादीको उम्लिङ खोलागाउँका एकै परिवारका ६ जनाको विभत्स हत्या गरिएको घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न ५ जना अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी सफल र त्यसमा खतिवडा र खड्काको विशेष भूमिका रहेको भन्दै सम्मानित गरिएको हो । 

समाजमा प्रहरीको छवि उच्च बनाउन अहोरात्र खटिनुका साथै आमसर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति दिलाउन सफल भएकाले सम्मानित गरिएको प्रहरी कार्यालयको भनाइ छ । 

मादी–१ उम्लिङ खोला गाउँमा स्थानीय ५२ वर्षीय तेजकुमार कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्याका अभियुक्तहरू पाँचजनालाई पक्राउ गरी कारागार चलान भइसकेका छन् ।