१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २० बुधबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य सुधारोन्मुखः एपिएफ अस्पताल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २० बुधबार १७:३८:००

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जानकारी दिएको हो ।

कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको हो। महामन्त्री खड्का असोज १२ गते अस्पताल भर्ना भएका थिए ।