१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:१४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यभोटेकोसीको आइपिओ बिक्री खुला    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले कुल रु. ९० करोडबराबरको रु. एक सयअंकित मूल्यका ९० लाख कित्ता सेयर आजदेखि निष्कासनमा ल्याएको हो।      
     
निष्कासन गरिने कुल ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।      
     
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिसेयर रु. एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा मागबमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ।      
     
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी नदीमा कुल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।  आयोजनाको अनुमानित लागत करिब रु. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ।      
     
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सहनिष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन्।      
     
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन्।  साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ।      
     
कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्कासनमा आवेदन दिई बाँडफाँडमा परेका सेयरधनीले यस निष्कासनमा पुनः आवेदन दिएमा आवेदन रद्द हुने उल्लेख गरेको छ। रासस