१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १३:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनः जिल्ला नेतृत्वमा इतर समूह अगाडि,१३ जिल्लाको वडा अधिवेशन नै अनिश्चित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत १० जिल्लाको नेतृत्व चयन गरेको छ। हालसम्म सम्पन्न १० जिल्लाको अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह अगाडि देखिएको छ। ६ जिल्लामा निर्वाचन मार्फत जिल्ला नेतृत्व चयन भएका हुन भने ४ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन्। जिल्लाको नेतृत्व पाउनेमा ६ जिल्लामा इतर समूह र ४ जिल्लामा संस्थापन समूह रहेका छन्।

दसैँअघि २१ हिमाली जिल्लामा जिल्ला तहको अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेपनि १० मात्र जिल्लाको नेतृव्व चयन भएको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार दसैँअघि १४ जिल्लामा जिल्ला तहको अधिवेशन सम्भव हुने भएको छ। जसमध्ये ५ जिल्लामा भने जिल्ला अधिवेशनको तयारी भईरहेको छ भने बाँकी जिल्लामा दसैँपछि मात्र अधिवेशनको बाँकी प्रकृया सुरु हुनेछ। 

‘१० जिल्लाको सभापति चयन भइसकेका छन्। ४ जिल्लामा अधिवेशनको प्रकृया सुरु भएको छ,’ केन्द्रीय निर्वाचन समिति संयोजक महादेव प्रसाद यादवले नयाँ पत्रिकासँग भने। 
कांग्रेसले तराईका जिल्लामा अधिवेशन सुरु गर्ने तयारी गरेको थियो। तर,प्रदेश २ का कुनै पनि जिल्लामा वडा अधिवेशनसमेत सुरु हुन सकेका छैनन्। निर्वाचन समितिले तराईको अधिवेशन प्रकृया समेत दसैँपछिबाट मात्र सुरु हुने जनाएको छ। हलसम्म ६४ जिल्लामा पालिका तहको निर्वाचन सम्पन्न भएको छ भने तराईका ८ सहित १३ जिल्लामा अधिवेशन सुरु हुन सकेको छैन। निर्वाचन कार्यतालिका अनुसार अघि बढ्न नसक्दा यसअघि कांग्रेसले बनाएको कार्यतालिका प्रभावित बनेको छ। साथै नयाँ कार्यतालिका समेत सार्वजनिक भईसकेको छैन। 

कहाँ कसको नेतृत्व?
गोरखाः नन्दप्रसाद न्यौपाने (सर्वसम्मत)  संस्थापन इतर समूह
मनाङः शंकर गुरुङ (सर्वसम्मत) संस्थापन समूह
मुस्ताङः रोमी गौचन थकाली (सर्वसम्मत) संस्थापन इतर समूह
रुकुम पूर्वः केदारमान रोका (सर्वसम्मत) संस्थापन इतर समूह
रामेछापः कान्छाराम तामाङ, संस्थापन समूह
संखुवासभाः दिपक खड्का, संस्थापन इतर समूह
ताप्लेजुङ : गजेन्द्र तुम्याहाङ, संस्थापन समूह
कालिकोटः अम्ब बहादुर शाही, संस्थापन इतर समूह
हुम्लाः मोहन विक्रा सिंह, संस्थापन समूह
दोलखाः बर्मा लामा, संस्थापन इतर समूह

३ जिल्लामा अझै सदस्यता विवाद 
६४ जिल्लाको क्रियाशील सदस्यता टुगो लागेर अधिवेशन जारी रहेका छन। तर,बारा,रौतहट र रसुवाको विवाद भने अझै टुंगो लाग्न सकेको छैन। सप्तरीको विवाद भने सोमबार टुंगिको हो। निर्वाचन समितिले विवरण प्राप्त नहुँदा नयाँ कार्यतालिका समेत सार्वजनिक गर्न सकेको छैन। निर्वाचन समितिले ३ जिल्लाको विवद समाधान भएपछि नयाँ संशोधित कार्यतालिका निकालेर अधिवेशन अगाडि बढाईने जानकारी दिएको छ। निर्वाचन समिति संदस्य तेज बहादुर रावलले सदस्यता विवादपछि समितिले नयाँ कार्यतालिका जारी गर्ने नयाँ पत्रिकालाई बताए। 

१३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित 
क्रियाशील विवाद र कार्यतालिका प्रभावित हुँद १३ जिल्लामा वडा अधिवेशन समेत सुरु हुन सकेका छैनन। कांग्रेसले दसैँपछि सबै जिल्लामा अधिवेशन सुरु गर्ने तयारी गरेको थियो। तर, क्रियाशील सदस्यता विवाद समयमै टुंगो नलाग्दा १३ जिल्लामा वडा तहको अधिवेशन समेत प्रभावित बनेको छ। निर्वाचन समितिले क्रियाशील विवाद टुंगिएको डोल्पामा निर्वाचनको तयारी गरिएपनि निर्वाचन अधिकृत जान नमानेका कारण प्रकृया अगाडि बढ्न सकेको छैन। निर्वाचन समिति सदस्य गोपाल कृष्ण घिमिरेले डोल्पा सहित १३ जिल्लामा दसैँपछि नयाँ कार्यतालिका अनुसार निर्वाचन गरिने जानकारी दिए।

हालसम्म पालिका अधिवेशन सम्पन्न भएका मध्ये पार्टी सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा विवाद कायमै छ। डडेल्धुरामा संस्थापन पक्षले प्रशासन लगाएर एकतर्फी अधिवेशन गराएको इतर पक्षको आरोप छ। वरिष्ठ नेता पौडेल लगायतका नेताहरुले डडेल्धुरामा पुन: निर्वाचनको माग राख्दै आएका छन्। त्यसतै क्रियाशील विवादकै कारण काठमाडौंको दक्षिणकाली नगरपालिकाको अधिवेशनसमेत हुन सकेको छैन।