१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
कृष्ण रिजाल काठमाडौं
Invalid date format o९:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्लास्टिक सिटको आयात खुल्यो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५८:oo

प्लास्टिकजन्य कच्चा पदार्थको आयातमा लगाइएको प्रतिबन्ध खुल्यो, औद्योगिक कच्चा पदार्थ वा अर्धतयारी कच्चा पदार्थका रूपमा प्लास्टिक आयात गर्न सकिने

सरकारले प्याकेजिङ तथा अन्य उद्योगको कच्चा पदार्थ तथा अर्धतयारी कच्चा पदार्थका रूपमा प्रयोग हुने प्लास्टिक सिटको आयात पुनः खुला गरेको छ । ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात तथा बिक्री–वितरणमा प्रतिबन्ध लगाउने बजेटको घोषणाअनुसार वन तथा वातावरण मन्त्रालयले २८ भदौमा राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिक सिटको आयातमा रोक लगाएको थियो । तर, प्लास्टिक सिटको आयात रोकिँदा प्याकेजिङ उद्योग बन्द हुनुका साथै औषधिदेखि खाद्यान्न, दैनिक उपभोग्य, पेयपदार्थ र एफएमसिजीलगायतका उद्योगले प्याकेजिङ (खोल, लेबल, सिल) पाउन छाडेका थिए । आयात रोकिँदा औद्योगिक चक्रमै प्रभाव परेको भन्दै उद्योगीले त्यसलाई सच्याउन आग्रह गर्दै आएका थिए । 

उद्योगी–व्यवसायीको आग्रहपछि वन तथा वातावरण मन्त्रालयले १८ असोजमा राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिक सिटको आयात खुला गरेको हो । ‘नेपाल सरकारले औद्योगिक कच्चा पदार्थ वा अर्धतयारी कच्चा पदार्थका रूपमा प्रयोग हुने प्लास्टिकजन्य कच्चा पदार्थबाहेक ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला वा अन्य प्लास्टिकको उत्पादन, आयात, बिक्री–तिवरण र प्रयोगमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ, ‘यअसघि २८ भदौमा नेपाल राजपत्रमा प्रकाशित मन्त्रालयको सूचना खारेज गरिएको छ ।’

यससँगै अब भन्सारमा रोकिएका प्लास्टिक सिटलगायत कच्चा पदार्थ बोकेका सयौँ ट्रक छुट्ने विश्वास गरिएको नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यले बताए । ‘प्लास्टिक सिटको आयात रोकिँदा औद्योगिक चक्र नै अवरुद्ध भएको थियो, भन्सारमा कच्चा पदार्थ बोकेर आएका ट्रक रोकिए, उद्योगहरूले प्याकेजिङ म्याटेरियल नै पाएनन्,’ आचार्यले भने, ‘अहिले सरकारले पुनः सूचना प्रकाशन गरेर प्लास्टिक सिट आयात नरोकिने स्पष्ट पारेको छ, यसले अवरुद्ध औद्योगिक चक्र सुचारु हुनेछ, सरकारलाई धन्यवाद !’ 

प्लास्टिक झोला प्रतिबन्ध कायमै कच्चा पदार्थ भने ल्याउन पाइने 
पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट अध्यादेशले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । बजेटले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगलाई नयाँ उद्योगमा लाग्नसमेत प्रोत्साहन गरेको छ । ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पार्टपुर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानीबराबरको रकम पुँजीगत अनुदान उपलब्ध गराइनेसमेत बजेटमा उल्लेख छ । प्लास्टिकको झोला प्रतिबन्ध कायम नै रहेको छ । तर, कच्चा पदार्थका रूपमा प्रयोग हुने प्लास्टिकजन्य सामग्री भने आयात गर्न पाइनेछ ।