१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमको चाडपर्व अफर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१४:oo

नेपालीको विभिन्न चाडपर्वको अवसर पारेर नेपाल टेलिकमले चाडपर्व अफर सार्वजनिक गरेको छ । टेलिकमले विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको अफर ल्याएको हो । 

अफरअनुसार डेटा प्याकअन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनका लागि २० जिबी डेटा र ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा प्रयोग गर्न सकिने जनाइएको छ । त्यस्तै, एक दिनका लागि एक एमबिपिएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

भ्वाइस सेवाअन्तर्गत २५ रुपैयाँमा २४ घन्टाभित्र प्रयोग गर्न मिल्ने गरी ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने गरी ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनभित्र प्रयोग गर्न सकिने गरी एक हजार तीन सय मिनेटको प्याक उपलब्ध रहेको टेलिकमले जनाएको छ । यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिने जनाइएको छ ।   

यसैगरी, अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसका रूपमा डेटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । दुई सयदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी, पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डेटा प्याक उपलब्ध हुने जनाइएको छ ।

दसैँका अवसरमा असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म र तिहार, न्हुँदया र छठका अवसरमा कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म यी अफरहरू लागू हुने कम्पनीले जनाएको छ ।