१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १८ सोमबार १७:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेतात्रयको निष्कर्ष : समयमै महाधिवेशन गराउन दबाब आवश्यक (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १७:५६:oo

नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले महाधिवेशन कार्यतालिका प्रभावित हुन नदिन दबाब आवश्यक रहेको निष्कर्ष निकालेका छन् । निधिनिवास बानेश्वरमा सोमबार भएको भेटका क्रममा नेतात्रयले यस्तो निष्कर्ष निकालेका हुन् ।

नेतात्रयको भेटमा क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन तालिका प्रभावित हुने अवस्था आएको विषयमा छलफल भएको थियो ।

नेताहरूले भेटबाट तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न दबाब दिने, सरकारलाई तत्काल पूर्णता दिनुपर्ने र सहमतिमै सभापतिको साझा उम्मेदवार तय गर्न भेटघाटलाई निरन्तरता दिनु आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

तीन नेताबीच महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिकालगायतका विषयमा रहेर निरन्तर भेटघाट हुँदै आएको छ ।