१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

काठमाडौंमा हार्ड रक क्याफे खुल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१७:oo

काठमाडौंको दरबारमार्गमा हार्ड रक क्याफे खुल्ने भएको छ । आउँदो महिनादेखि दरबारमार्गको शेर्पा मलमा हार्ड रक क्याफे सञ्चालनमा आउने भएको हो ।  सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरूको निजी वस्त्र तथा सांगीतिक उपकरणहरूको संग्रहका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथमा आफ्नो नयाँ सहरप्रति प्रस्तुति पनि पेस गर्ने जनाएको छ ।

मलको पहिलो र माथिल्लो तलामा सञ्चालनमा आउने यस रेस्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको जनाएको छ । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर रहेको र यसका लागि हार्ड रक प्रसिद्ध रहेको दाबी गरिएको छ । यी बर्गरहरूमा चेद्दार चिजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेन्ड टमाटर हुने कम्पनीले जनाएको छ । 

मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैका साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातीत चेद्दार चिजको साथमा सलाद रहनेछ भने स्यान्डविचहरू बर्बेक्यु गरिएको चिकन वा ग्रिल्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चिज फ्राई गरेर ग्राहकलाई उपलब्ध गराइने क्याफेले जनाएको छ । योलगायत विभिन्न आकर्षक खाद्यान्नका साथ विभिन्न मिक्स ड्रिंक, मिल्कसेक, बियर तथा वाइन उपलब्ध हुने जनाइएको छ । 

ad
ad