१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १२:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसी टप्पुको ‘मकुना’ हात्ती मृत अवस्थामा भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

पछिल्लो समय सुनसरी र सप्तरी क्षेत्रमा आतंक मच्चाउँदै आएको ‘मकुना’ हात्ती मरेको अवस्थामा फेला परेको छ। हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किलाेमिटर उत्तरमा स्थानीयको धानबारीमा आइतबार बिहान मरेको अवस्थामा भेटिएको हो।

आरक्षणका वार्डेन अशोक रामकाअनुसार शनिबार राति ११ बजेसम्म हात्ति ठिकै अवस्थामा थियो। राति १२ बजे आरक्षणबाट बाहिर निस्केको मकुना बिहान धानबारीमा मृत अवस्थामा भेटिएको हो। धानबारीमा फालिएको करेन्ट लागेर हात्ती मरेको वार्डेन रामले जानकारी दिए।

मृत हातीको पोस्टमार्टम गरी सदगद गर्ने तयारी भइरहेको छ। पाँच मिटर कपडामा यसलाई सदगद गरी तीन दिनसम्म मृत्यु संस्कारको काम गरिने उनले बताए। ‘पहिले यसको अन्तिम संस्कारको काम गर्छौँ । त्यसपछि यसलाई करेन्ट लगाउने व्यक्तिको पहिचान तथा मृत्युबारे अनुसन्धान गर्छौँ,’ वार्डेन रामले भने। विगत चार–पाँच वर्षदेखि मकुनाका कारण दर्जनौँ व्यक्तिले ज्यान गुमाएपछि स्थानीय यसलाई मार्ने उपाय खोजिरहेको थिए।

नेपालमा कुल २ सयदेखि २ सय २५ जंगली हात्ती छन्। कोसी टप्पुमा १६ वटा हात्ती रहेकोमा भारतबाट झापाको बाहुनडाँगीमा एक सय ३० देखि एक सय ५० वटासम्म आउने गरेका छन्। मकुना जंगली हात्ती भए पनि रैथानेका रूपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो।