मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
२०७८ असोज १७ आइतबार ११:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट अभावमा गुल्मीमा ‘डे केयर सेन्टर’को योजना अलपत्र

Read Time : > 1 मिनेट
२०७८ असोज १७ आइतबार ११:३५:००

बौद्धिक अपांगता अभिभावक संघ गुल्मीको ‘डे केयर सेन्टर’ सञ्चालनको योजना आर्थिक अभावका कारण अलपत्र परेको छ। रेसुंगा नगरपालिका– ९ को उपल्लो तम्घासमा बौद्धिक अपांग बालबालिकाका लागि हेरचाह गर्न ‘डे केयर सेन्टर’ सञ्चालनको काम अगाडि बढाइएको सात वर्ष भयो। तर, आर्थिक अभावका कारण संरचना निर्माणको कामबाहेकका काम रोकिएको बौद्धिक अपांगता अभिभावक संघ गुल्मीका अध्यक्ष ईश्वरी पौडेलले जानकारी दिए।

०७१ सालदेखि ०७६ सालसम्म सहरी विकास कार्यालय पाल्पा, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, जिल्ला विकास समिति हुँदै जिल्ला समन्वय समिति, संसद् विकास कोष र रेसुंगा नगरपालिकाबाट विभिन्न चरणमा गरी ३९ लाख नौ हजार तीन सय १५ रुपैयाँको लागतमा दुईतले भवन निर्माण गरिएको छ। त्यो संरचना पनि ‘डे केयर सेन्टर’ र पुनर्स्थापना केन्द्रको लागि पर्याप्त छैन।

संघका अध्यक्ष पौडेलका अनुसार नगरपालिकाभित्रका बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई दिनमा केहीबेर भए पनि ‘डे केयर सेन्टर’मा सहजीकरण गर्ने र विपन्न परिवारका बौद्धिक अपांगता भएकाहरूलाई पुनर्स्थापना गर्ने उद्देश्यले संरचना निर्माण गरिएको हो। सात वर्षसम्म संरचनाकै लागि विभिन्न कार्यालयमा हारगुहार गरेर पनि पर्याप्त बजेट विनियोजन नभएका कारण अरू व्यवस्थापनको काम गर्न नसकिएको उनले बताए। ‘संघले डे केयर सेन्टर र पुनर्स्थापना केन्द्रको सोच लिएको एक दशक बढी भयो,’ पौडेलले भने, ‘अनुकूल बजेट भएन। चुनौतीपूर्ण काम हतार र आवेशमा गर्ने अवस्था रहेन।’

संघका सचिव मेघलाल पाण्डेका अनुसार उपल्लो तम्घास माविमा बौद्धिक अपांगता भएका १० व्यक्ति छन्। उनीहरू कक्षा उत्तीर्ण हुँदैनन्। १८ वर्ष पुगेपछि विद्यालय आउन पाउँदैनन्। सात प्रकारका बौद्धिक अपांगहरू हुने भएकाले सबैलाई एउटै माया र हेरविचारले पुग्दैन। त्यस्ता व्यक्तिको दिनभर ‘डे केयर सेन्टर’मा हेरविचार हुने भएकाले परिवारलाई समेत केही समय भए पनि सहजीकरण हुने संघको अपेक्षा छ। तर, जनशक्ति, कार्यालय सञ्चालन र व्यवस्थापनमा आर्थिक अभाव भएपछि संघले केही काम गर्न सकेको छैन।

संघले भर्खरैबाट बौद्धिक अपांगता भएका व्यक्तिहरूको ‘डे केयर सेन्टर’मार्फत हेरचाह र पठनपाठनमा सहजता ल्याउन अक्षय कोष निर्माण गरेर सहयोग संकलन गरिरहेको सचिव पाण्डेले जानकारी दिए। उनले कोषको व्याजबाट पनि कार्यालय सञ्चालनमा केही सहयोग हुने भएकाले अक्षय कोष निर्माण गरिएको बताए। अहिले पाँच लाखबराबरको अक्षय कोष निर्माण गर्ने उद्देश्यले दाताहरू खोज्ने काम अगाडि बढाइएको पाण्डेयले बताए। स्थानीय तहपछि बौद्धिक अपांगता भएका व्यक्तिहरूको तथ्यांक अद्यावधिक गरिएको छैन। त्योभन्दा पहिले तीन सय २६ बौद्धिक अपांगता भएका व्यक्ति जिल्लामा रहेको संघका पूर्व ध्यक्ष रघुनाथ मरासिनीले बताए।

पर्याप्त बजेट भए पहिले नै ‘डे केयर सेन्टर’ सञ्चालन गर्थ्याैँ,’ उनले भने, ‘अब सञ्चालनको नजिक आएका छौँ ।’ मरासिनीका अनुसार तत्काल पुनर्स्थापना केन्द्र सञ्चालन हुँदैन। अहिलेलाई मासिक ५० हजारको स्रोत सुनिश्चित भए ‘डे केयर सेन्टर’ सञ्चालन हुन्छ। पुनर्स्थापना केन्द्रको लागि थप संरचना र बजेट लाग्ने मरासिनीले बताए।