मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
संजित परियार काठमाडौं
Invalid date format ११:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको विधान महाधिवेशन : गोदावरीमा यस्तो देखियो दृश्य

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

नेकपा एमालेको विधान महाधिवेशनस्थल गोदावरीमा प्रतिनिधिहरू पुगेका छन्। कडा सुरक्षा व्यवस्था गरिएको महाधिवेशनको हलभित्र प्रतिनिधिहरू प्रवेश गर्न थालेका छन्। सुरक्षा जाँचसहित देशभरबाट आएका प्रतिनिधिहरूलाई हलमा प्रवेश गराइएको छ। हलमा प्रवेश गराउँदा तापक्रम मापनदेखि स्यानिटाइजरको प्रयोग गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको छ। 

सरकारबाट बहिर्गमनपछि बदलिएको भूमिका र पार्टी विभाजनपछि गुमेको शक्ति आर्जनको उपायको खोजीमा प्रमुख प्रतिपक्ष दल एमालेले आत्ममन्थन सुरु गर्दै छ। संघीय सरकारबाट बाहिरिएको अढाई महिना र पार्टी विभाजनको पाँच हप्तापछि एमालेले देशभरबाट ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता सहभागी गराएर आत्ममन्थन गराउन थालेको हो। शुक्रबारबाट ललितपुरको गोदावरीमा एमालेको तीनदिने प्रथम विधान महाधिवेशन सुरु हुँदै छ। यति ठूलो सहभागितामा एमालेले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो। विधि र नीति निर्माणका लागि केन्द्रित गरेर विधान महाधिवेशन आयोजना गरिएको एमाले नेताहरूले बताएका छन्।