१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:o९:oo

मिडिया कम्पनी म्याक्स मिडियाले ‘म्याक्स मिडिया डिजिटल गुरु’ नामक प्रतियोगिता सुरु गरेको छ । कम्पनीले प्रतियोगितामा डिजिटल मिडियामा विज्ञ भएका व्यक्तिलाई भाग लिन आह्वान गरेको छ । 

प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञ भएका व्यक्तिको पहिचान गर्दै व्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पु¥याउन त्यस्ता व्यक्तिको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको जनाइएको छ । नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडियासम्बन्धी काम गर्ने अभ्यास भइरहेकोमा स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडियासम्बन्धी प्रतिभाको खोजी गरी उनीहरूलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडियासम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।  

मिडिया क्षेत्रमा उल्लेख्य उपलब्धि देखिएको पछिल्लो पाँच वर्षमा डिजिटल मिडियाको सुरुवात मात्र नभई यसले दैनिक जीवनमा पनि प्रभाव पारेको ठहर गर्दै कम्पनीले यसको महत्व बढ्दै गएको बताएको छ । नेपालको डिजिटल मिडियाको क्षेत्रमा प्रशस्त अवसर रहनुका साथै यसबाट हरेक व्यक्तिले आफू बसेको स्थानबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्ने कम्पनीको भनाइ छ । विजेताले पाँच लाख रुपैयाँसम्म पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ad
ad